प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको बहस सकियो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको बहस सकिएको छ । संवैधानिक इजलासले यही फागुन १० गतेसम्म बहस नोट पेश गरिसक्न कानून व्यवसायीलाई निर्देशन दिएको छ ।

एमिकस क्युरीका तर्फबाट शुक्रबार अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठकले राय पेश गरेकी थिइन् । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि गत माघ ५ गतेबाट सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदै आएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।