प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ। सरकारले सुरक्षाकर्मीको संख्या कटौती गरेसँगै प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका कमाण्डरको टोली खटिएको हो ।

सरकारका तर्फबाट हाल प्रचण्डको सुरक्षामा दुई जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली मात्रै रहेका छन् ।

प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका बटालियन कमाण्डर प्रकाश पाण्डे ‘परलोक’ को टोली खटिएको छ । शान्ति प्रक्रियामा आएदेखि नै ‘परलोक’ प्रचण्डको सुरक्षा टोलीमा थिए ।