सपना रोका मगरलाई धम्क्याउने बस्नेत गोंगबुबाट पक्राउ

0
Shares

काठमाडौं । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन् । उनलाई मंगलबार साँझ काठमाडौंको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । बस्नेत विरुद्ध मगरले आइतबार अभद्र व्यवहारको मुद्धामा जाहेरी दर्ता गराएकी थिइन् ।

बस्नेतले युट्युबमा सपनाका नग्न तस्वीर देखाइदिने भन्दै धम्की दिएका थिए । उनले सपनाका नग्न तस्वीरहरु आफूसंग पेनड्राइभमा भएको बताएका थिए ।

उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएपछि उनीविरुद्ध मुद्धा दर्ता भएको हो । यसअघि सपना र बस्नेत मिलेर वेवारिसे शव जलाउने काम गर्थे । बुवा छोरीका रुपमा यसअघि प्रस्तुत हुँदै आएका उनीहरुबीच केही समयपछि तिक्तता आएको थियो । बस्नेत एक्सन फर सोसियल चेञ्जका संस्थापक समेत हुन्।