निर्माणाधीन नहर भत्किँदा दुई जनाको घटनास्थलमै मृत्यु

0
Shares

किरन धामी,दार्चुला ।

जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ६ सितोलाको मज्जे भन्ने स्थानमा निर्माणाधीन नहर भत्किदा दुई जनाको घट्ना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नहर निर्माणको काम गरिरहेका मार्मा गाउँपालिका वडा नम्बर १ का अन्दाजी ४५ वर्षिय बल्देब महर र अपिहिमाल गाउँपालिका वडा नम्बर ५ सैगन्ना बस्ने वर्ष अन्दाजी ३७ की गिता धामी रहेका छन् ।

अपिहिमाल गाउँपालिकाको वडा नम्बर ६ राङपाङ खोलाबाट सोही वडाको मज्जे भन्ने स्थानमा निर्माण भइरहेको मज्जे खोला लघु जलविद्युत आयोजनाको नहर निर्माण गर्ने क्रममा पर्खाल भत्केर उनिहरुको मृत्यु भएको नहर निर्माण समितिका अध्यक्ष धन सिंह धामीले जानकारी दिनुभयो । ७/८ मिटर उचाई सम्म निर्माण भइरहेको नहरको बिच भाग एक्कासी भत्किदा नहर निर्माणमा संलग्न डकर्मी महर र सहयोगी धामी हुत्तिएर तल खोलामा खसेको उहाले बताउनुभयो ।

उनिहरु संग काम गरिरहेका अन्य दुई जना भागेर बाच्न सफल भएका छन् । नहर निर्माणमा करिव २०/२५ जना कामदारहरु काम गरिरहेका भए पनि उनिहरु आसपासको क्षेत्रमा रहेको बुझिएको छ । घट्ना विहान ११ बजेतिर भएको जनाइएको छ ।

घट्ना घटेको प्रहरीमा जानकारी आउना साथ ईलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली घट्ना स्थल खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।