देशभर थप एक सय २७ जनामा कोरोना सङ्क्रमण, १३६ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

देशभर थप एक सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख ७२ हजार पाँच सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप एक सय ३६ जनाडिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या दुई लाख ६८ हजार सात सय ९६ पुगेको छ । यस्तै, सोही अवधिमा थप दुई संक्रमितको ज्यान गएको छ । यससँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या दुई हजार ५४ पुगेको छ ।

हाल देशभर एक हजार सय सात जना सक्रिय सङ्क्रमित रहेका छन् ।