पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १११ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ८१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ४३० पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १११ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ६६० पुगेको छ। पछिल्लो २४ घण्टामा थप पाँचको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५२ को मृत्यु भएको छ।