सर्वोच्चलाई दबाव दिएर जुलुस निकाल्न मिल्दैन : कांग्रेस सभापति देउवा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दा प्रभावित हुनेगरी दबाव दिएर जुलुस निकाल्न नमिल्ने बताउनु भएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले जुलुस हेरेर फैसला गर्ने भए अदालत नै नचाहिने बताउनु भयो । प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा भइरहेको बहसतर्फ इंग्गित गर्दै उहाँले अदालतलाई यही गर्नु भनेर दबाव दिन नमिल्ने प्रष्ट पार्नु भएको छ ।

आफूले भेटेका कानुन व्यवसायीहरुले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाइन्छ भनेर लेखेको छैन भन्ने बताएको वहाँको भनाइ छ । चुनावले प्रजातन्त्र कमजोर हुन्छ भन्ने मान्न आफू तयार नभएको समेत देउवाले बताउनु भयो ।

संसद पुनस्र्थापना भएपनि डेढ वर्ष पछाडि चुनावमै जानु पर्ने हो भन्दै देउवाले संसद पुन:स्थापना भए भूमिका खेल्ने र चुनाव भए चुनावमा जाने संकेत गर्नु भएको छ ।