फागुन २ गतेदेखि जिल्लाका पत्रकार र कर्मचारीले पनि खोप पाउँने

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

कोरोना बिरुद्धको खोप अब सबै जिल्लाका सबै सरकारी कार्यालय, सर्वाजनिक संस्था, बैकका कर्मचारी पत्रकार, जनप्रतिनिधिहरुलाई दिने स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गते देखि ८ गते सम्म जिल्ला स्थित सबै सरकारी कार्यालय, सर्वाजनिक संस्थान तथा बैंकका कर्मचारीहरु, पत्रकारहरु, स्थानिय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई दिने जनाएको छ ।

त्यसैगरि सिमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मीहरु, पहिला छुट भएका स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालकहरु, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले विहिवार जारी गर्नुभएको सुचनामा तोकिएका सबै समूहका व्यक्तिहरुलाई स्वास्थ्य संस्था वा खोप केन्द्रमा गई खोप लगाउन आवहान गर्नुभएको छ ।

उहाँले खोप लगाउन जाँदा सबैले आ आफ्नो कार्यालयको परिचयपत्र साथमा लिएर जान समेत आग्रह गर्नुभएको छ ।