एक दिनका लागि थापा जेलमा

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

एक दिन कैद भुक्तान गर्न बाँकी एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको २०६७ साउन २५ गतेको फैसलाले सवारीज्यान मुद्धामा १ दिन कैद र दुई हजार रुपियाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी पक्राउ परेका हुन् ।

हेटौंडा–१८ बस्ने वर्ष ३५ का उमेश थापालाई सोमबार हेटौंडा–१८ बाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत मकवानपुरको २०७५ कात्तिक १२ गतेको फैसलाले बहुविवाह मुद्धामा ११ महिना ६ दिन कैद र पाँच हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुरगढी गापा वडा–२ बस्ने वर्ष ३६ का शेखर भनिने डोरमणि दाहाललाई मकवानपुरगढी गापा वडा–२ बाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।

जिल्ला अदालत मकवानपुरको फैसलाले सवारीज्यान मुद्धामा १३ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी हेटौंडा–१० बस्ने वर्ष २५ का प्रकाश रौनियारलाई हेटौंडा–१० बाटै पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।