अर्थमन्त्री पौडेल र स्वास्थ्यमन्त्री त्रिपाठीद्वारा दुवाकोटमा प्रस्तावित वीर अस्पतालको अनुगमन

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

चाँगुनारायण नगरपालिकाको दुवाकोटमा प्रस्तावित वीर अस्पतालको भवन निर्माण स्थलको अर्थमन्त्री विष्णु पौडेललगायतको टोलीले अवलोकन गरेको छ ।

टोलीमा अर्थमन्त्री पौडेल, स्वास्थ्य मन्त्री हृदेश त्रिपाठी, स्वास्थ्य राज्यमन्त्री नवराज रावत, सम्बन्धित मन्त्रालयका सचिव, चाँगुनारायणका नगर प्रमुख सोमप्रसाद मिश्र, सडक, विद्युत, खानेपानी संस्थानलगायतका प्रतिनिधीको उपस्थिति रहेको थियो ।

सो अवसरमा अर्थमन्त्रीपौडेलले विद्युत प्राद्यिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पोल विस्तार, तार जडान र ट्रान्सफर्मर राख्ने काम तत्काल गर्न निर्देशन दिनुभयो ।

सडक विभागका प्रतिनिधीलाई समेत अर्थमन्त्री पौडेले मनोहरा करिडोर हुदैं दुवाकोट आउने सडक र सल्लाघारी हुदैं वीर अस्पतालको भवन निर्माण स्थलमा सम्म आउने सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।

स्वास्थ्यमन्त्री त्रिपाठीले वीर अस्पताल दुवाकोटमा बन्नु भक्तपुरबासीको गौरव भएकाले सबैले साथ दिनु पर्ने बताउनुभयो । स्वास्थ्य राज्यमन्त्री रावतले आफु विगतदेखि भक्तपुरमा वीर अस्पताल बनाउने काममा सक्रिय हुदैं आएको बताउनुभयो । नगर प्रमुख मिश्रले विभिन्न निकायबीच समन्यवको अभाव हुदाँ कामको थलानी हुन नसकेको बताउनुभयो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २, ३ र ४ करिब ५ सय ७० रोपनी क्षेत्रफलमावीर अस्पतालको भवनबनाउने तयारी भएपनि डीपीआर समेत तयार हुन् सकिरहेको छैन ।