भारतको उत्तराखण्डमा हिमपहिरो : १० को मृत्यु, डेढसय बढि बेपत्ता (अपडेट)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । आइतबार चमोली जिल्लाको हिमाली क्षेत्रमा हिमपहिरोमा पुरिएर मृत्यु भएका १० जनाको शव भेटिएको हो । डेढ सयबढि बेपत्ता छन् ।

हिमपहिरोपछि धौलीगंगा नदीमा आएको बाढीमा परेर १० जनाको ज्यान गएको भारतीय संचारमाध्यमहरुले प्रष्ट पारेका छन् । हिमपहिरोसँगै नदीमा ठूलो बाढी आउँदा ठूलो मात्रामा जनधनको पनि क्षति भएको अनुमान गरिएको छ ।

उत्तरखण्डको जोशी मठक्षेत्रस्थित हिमाली क्षेत्रमा बिहान १० बजेतिर हिम पहिरो गएको जनाइएको छ । हिमपहिरोपछि नदीमा बाढी आउँदा चमोली जिल्लाको राइना गाउँस्थित ऋषिगंगा जलविद्युत परियोजना र बाँधमा क्षति पुगेको छ । बाढीले परियोजनामा कार्यरत कर्मचारी र सर्वसाधरण गरि डेढसय भन्दा बढी बेपत्ता भएको जनाइएको छ । तपोवन बाँध छेउमा एक सुरुङ्को निर्माण कार्य जारी रहेको छ । निर्माण कार्यमा संलग्न २० मजदुर पनि हिमपहिरोमा पुरिएर फसेको जनाइएको छ ।