हेटौंडा ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयले विभिन्न अभियोगमा अदालतबाट कैद र जरिवाना सजाय सुनाएर फरार भएकाहरुलाई पक्राउ गर्न पछिल्लो समय निकै सक्रियता देखाएको छ । यही क्रममा फेरि ३ जना पक्राउ परेका छन् ।
जिल्ला अदालत मकवानपुरको २०७३ बैशाख ३० गतेको फैसलाले कुटपिट मुद्धामा ५० रुपियाँ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुरको मनहरी गापा वडा–१ बस्ने वर्ष ३५ का रामप्रसाद लटौलालाई मनहरी गापा वडा–१ बाट पक्राउ गरी जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।
सोही मुद्धामा ५० रुपियाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मनहरी गापा वडा–१ बस्ने वर्ष ३२ की अञ्जु लटौलालाई पनि मनहरी गापा वडा–१ बाट पक्राउ गरी जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।
जिल्ला अदालत मकवानपुरको २०७५ असार ४ गतेको फैसलाले लागुऔषध गाँजा/चरेस मुद्धामा ५ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौंडा–५ बस्ने वर्ष २८ का सुरज लामालाई शनिबार हेटौंडा–५ बाट पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।
प्रतिक्रिया