देशभर थप ११९ जनामा कोरोना पुष्टि, २६० डिस्चार्ज, २ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप ११९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टमा थप २६० जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या दुई लाख ६८ हजार ७२ पुगेको छ । मन्त्रालयका अनुसार सोही अवधिमा थप २ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार ३८ पुगेको छ ।

गत २४ घण्टामा दुई हजार २५१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्