हिमनदी फुटेसँगै धौलीगंगामा बाढी, १५० भन्दा बढी बेपत्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

भारतको उत्तराखण्डमा अवस्थित हिमनदी फुटेसँगै धौलीगंगा नदीमा आएको बाढीमा परी १५० जना भन्दा बढी मानिस बेपत्ता भएका छन् ।

बाढी प्रभावित चमोली जिल्लामा उद्दारका लागि हवाइ तथा सेनाको टोली परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीले ठूलै जनधनको क्षति भएको जनाइएको छ । बेपत्ता हुनेहरुमा आधिकांस ऋषिगंगा विद्युत परियोजनामा कार्यरत मजदूर रहेका छन् ।

हिमताल फुटेसँगै ऋषिगंगा नदीमा समेत बाढी आएको छ । बाढीले नदीमा बनाइएका पुल पनि बगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गर्दै उद्दार र राहतमा जुट्न प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

(एजेन्सीको सहयोगमा)