प्रधानमन्त्री ओलीको हर्कत संविधान विपरीत : नेता सिटौला

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संसद विघटनका विषयमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा अदालतले निर्णय गरेमा अब वन्ने सरकारका प्रधानमन्त्रीले जतिवेला नि संसद विघटन गर्नसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरुद्धमा नागरिक समाजका अगुवा मानवताबादी कृष्ण पहाडीले शनिबारबाट शुरु गरेको १४ दिने तराई– मधेश भ्रमणको उद्घाटन गर्न भद्रपुर आएका नेता सिटौलाले यस्तो बताउनु भएको हो ।

सर्वोच्च अदालतले हालको परिस्थितीमा क्षमता देखाउने समय आएको उहाँको धारणा थियो । अदालतले संविधान विपरीत निर्णय गरेमा अन्य संवैधानिक निकायले रोक्ने नसक्ने उहाँले बताउँनुभयो । संविधानमा नै नभएको कुरा ओलीको व्यत्तिगत निर्णयले विघटन भएकोले त्यो नभइ ओलीको विरुद्धमा सर्वोच्च अदालतले निर्णय गर्ने विश्वस्त रहेको उहाँको धारणा थियो । पूर्व राजामा भएका सवै अधिकार प्रधानमन्त्रीमा भएको भन्दै यो निर्णय सही भएको ओलीका कार्यकर्ताले भन्दै हिड्दा आफुलाइ लाज लागेको उहाँले बताउनुभयो ।

ओलीको ठुलो तस्वीर राखेर रेलिङ् उप्काउदै नेपाल जिन्दाबादको सट्टा ओली जिन्दाबादको नाराले देश अधो गतिमा जाने सङ्केत देखाएको उहाँको भनाइ छ । ओलीलाइ साथ दिन देशका प्रहरी प्रशासन समेत लागेकोले यहाँका कर्मचारी राष्ट्रसेवक नभएर ओली सेवक भएको समेत उहाँले दाबी गर्नुभयो । आन्दोलनमा उत्रिने जो कोहीलाइ जेल हाल्छु भन्ने गृहमन्त्रीले आन्दोलनलाइ नै सघाउन सडकभरी प्रहरी परिचालन गरेर सडक तहसनहस बनाएको उल्लेख गर्नुभयो ।

देशमा भएको भष्ट्रचार, ओलीको असंवैधानिक कदम लगायतको विषयमा १४ दिने भ्रमणमा निस्किएको पहाडीले बताउँनुभयो । टुट्न नभइ जुटनलाइ यो भ्रमण अनिवार्य रहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हिशिला यमिले गोठालो वसेका ओलीले हाल प्रतिगमनको नेतृत्व गरिरहेको आरोप लगाउँनुभयो । ओलीको प्रतिगमन विरुद्ध झापाबाट नै शुरु भएको उहाँको भनाइ छ ।