पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा २७९४ पिसीआर गर्दा परीक्षण  ९९ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नोपालमा कोरोना संक्रमितको कूल संख्या दुई लाख ७१ हजार ८ सय ६ पुगेको छ।  शनिबार थप २४८ जना निकोमुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख ६७ हजार ८ १२ जना कोरोनामुक्त भएका छन् ।

देशभर हाल १ हजार ९८९ जना सक्रिय संक्रमित छन् । ९२७ संस्थागत आइसोलेसनमा, ६१ जना आइसीयूमा, १४ जना भेन्टिलेटर र ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ  । देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।