देशव्यापी आमहड्तालकै बीच ओली समूहको जुलुस (फोटोफिचर)

0
Shares

अनिल आङदेम्बे, काठमाडौँ ।

नेकपा ओली समूहले बिहीबार राजधानीमा जुलुस निकालेको छ । प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालकै बीच ओली समूहले जुलुस निकालेको हो ।

महेश बस्नेतको नेतृत्वमा प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट सुरु भएको जुलुस ‘अघि बढ केपी बा ज्यान दिन तयार छौं, आजको लागि मात्र होइन भोलिलाई १० वर्ष ओलीलाई, नेकपा जिन्दावाद’ लगायतका नारासहित नारायणहिटीमा गएर टुंगीएको छ ।

उक्त जुलुससहित ओली समूहले भोलीको कार्यक्रमका लागि आफ्ना स्वयंमसेवकलाई सभामार्फत प्रशिक्षण समेत दिएको छ ।