आङ सान सूचीलाई तत्काल रिहा गरी निर्वाचित सरकार पुनर्स्थापना गर्न देउवाको आग्रह

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सूचीलाई तत्काल रिहा गर्न म्यानमार सेनालाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै देउवाले सूचीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनर्स्थापना गर्न आग्रह गरेका छन् । “आङ सान सूचीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनर्स्थापना गर्न नेपाली काँग्रेस म्यानमारको सेनालाई आग्रह गर्दछ ” उनले लेखेका छन् ।

म्यानमारको सेनाले सोमबार बिहान सैन्य कू गर्दै म्यानमारका राष्ट्रपति वुइन मिन्ट, नेतृ आङ सान सुचीलगायतका नेता तथा सरकारी अधिकारीहरुलाई पक्राउ गरेको छ ।