ओलीद्वारा सत्ता टिकाउने खेलमा संसद विघटन गरि निर्वाचन घोषणा : डा. रिजाल



यमलाल भुसाल, बुटवल ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलीले सत्ता टिकाउन कै लागि संसद विघटन गरि निर्वाचन घोषणा गरेको आरोप लगाउनु भयो ।

रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलले आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनका लागि मिति चुनावको मिति घोषणा नगरेको दावी गर्नु भयो । ‘यो सरकार चुनाव गराउनका लागि मिति घोषणा गरेको होइन् , प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणाको बहाना मात्रै हो ।’उहाँले भन्नु भयो । ‘नरहे बासँ नरहे बासुरी’को संज्ञा दिदै ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गर्नु भयो ।

नेता रिजालले सवोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा आफू पूर्ण विवस्त रहेको समेत बताउनु भयो । उहाँले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गर्नु भयो । विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निणर्य लिएको स्मरण गर्दै उहाँले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदलतको गरिमा कायम गर्ने आशा व्यक्त गर्नु भयो ।

‘पंचायतकाल होस् या राजा ज्ञानेन्द्रको पाला होस अदालतले सही निणर्य गरेको छ भन्दै उहाँले राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ तसर्थ पुन स्थापना हुन्छ ।’

उहाँले अब प्रधानमन्त्री ओलीको पूर्व राजा ज्ञानेन्द्रजस्तै बिदा हुने दिन आउने बताउनु भयो । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उहाँको दावी रहेकोछ । लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उहांको भनाई रहेको छ ।

क्लवका लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको संचालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्