क्रसर तथा खानी उद्योग महासंघको अध्यक्षमा सिताराम न्यौपाने विजयी



यमलाल भुसाल , बुटवल । नेपाल क्रसर तथाखानीउद्योग व्यवसायी महासंघको अध्यक्षमा सीताराम न्यौपाने निर्वाचित हुनुभएको छ ।

बुटवलमा सम्पन्न महासंघको सातौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट न्यौपाने ६० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रति द्वन्द्वी किरण थापाले ४८ मत प्राप्त गर्नु भएको थियोे ।महासंघको वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, उपाध्यक्षमा प्रदेश १ बाट देवराज तामाङ, प्रदेश २ बाट प्रदिप कुमार खड्का, बागमती प्रदेश बाट देवराज लुईटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट चद्रमणि अधिकारी, महासचिवमा पुरुषोत्तम रेग्मी, सचिवमा रोशन राजगिरी, सह सचिवमा मीनबहादुर शाही, कोषाध्यक्ष ,मायामबहादुर मल्ल, सहकोषाध्यक्षमा ,विप्लवहमा लनिर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनले महासंघको सदस्यमा अमर विक्रमशाहले ६२, बेचन शर्मा ठाकुर ६८, विकास नारायण श्रेष्ठ ५२, केदार गिरी ६४, सरोज कुँवर ६२, शारदा प्रसाद ढकाल ४६ र शंकर न्यौपानेले ४८ मतल्याएर विजयी भएको प्रमुख निर्वाचनअधिकृत जग दिशबमले जानकारी दिनुभयो । अध्यक्ष बाहेक सबै पदाधिकारी निर्बिरोध निर्वाचित भएपनि अध्यक्ष र सद स्यपदमाभने निर्वाचन भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्