मेचुको मैले के बिागरें

0
Shares

गायिका मेचु धिमालको नयाँ गीत मैले के बिगारें सार्वजनिक भएको छ। सार्वजनिक गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द रहेको छ।

गीतको म्युजिक भिडियोमा पति वियोगको कथा देखाइएको छ। भिडियोमा गायिका मेचु आफैं फिचर भएकी छिन्। उनलाई ज्वाला राईले साथ दिएका छन्। मेचुकै कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पेटेर पुरुङको छायांकन र विष्णुहरि तिमल्सेनाको सम्पादन रहेको छ।

यो गीत पुरुष भर्सनमा पनि सार्वजनिक भएको छ। पुरुष भर्सनमा भने संगीतकार कार्की आफैंले स्वर भरेका छन्। पुरुष भर्सनको भिडियोलाई भने लिरिकल शैलीमा तयार गरिएको छ।