काठमाडौंमा बर्डफ्लु देखियो

0
Shares

काठमाडौं, (नेस)

तारकेश्वर नगरपालिका–७, फुटुङको हाँस र टर्कीमा बर्ड फ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ । फुटुङमा संकलन गरिएको नमुनालाई केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणपछि बर्डफ्लु देखिएको हो ।

शुक्रबार बर्डफ्लु पुष्टि भएपछि सो क्षेत्रमा पालिएको पशुपन्छी नष्ट गरिएको विभागले जनाएको छ ।
विभागले १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ वटा बटाई, ३२ वटा कुखुरा, २५ वटा टर्की, ५ सय ४२ वटा अण्डा र ७५ केजी दाना नष्ट गरेको जनाएको छ ।

गत केही दिनअगाडि छिमेकी देश भारतमा बल्र्डफ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुहरुको आयातमा रोक लगाइएको थियो । काठमाडौंमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने विभागले जनाएको छ ।