‘बामदेवजीले हामीतिरै आउँछु भन्नु भएको छ’ : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल पचण्डले बामदेव गौतमले आफूहरुको पार्टीतिर आउँछु भनेर आश्वासन दिएको बताएका छन् ।

शनिबार धनगढीमा आयोजित प्रदर्शन कार्यक्रमलाई सम्बोधनका क्रममा आफूले गौतमलाई अस्ति फोन गरेर सोध्दा संगै आउने आश्वासन दिएको बताए । प्रचण्डले आउने नआउने गौतमको हातमा रहेको भन्दै आफूले जबरजस्ती नगर्ने बताए ।

गौतमले पार्टीलाई पुनः एकीकरण गर्ने अभियान चलाएको भन्दै यो विषयमा लागेर बेकारमा समय खेर नफाल्न पसिन आग्रह गरे । ओली सुध्रिनु र बालुवा पेलेर तेल निस्कनु एकै भएको भन्दै गौतमलाई ओलीतिर नलाग्न सुझाएका छन् ।