धनगढीमा दाहाल र नेपाल समूहको शक्ति प्रदर्शन



न्युज अफ नेपाल ,  कैलाली । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूह आज कैलालीको धनगढीमा शक्ति प्रदर्शन गर्दै छ । धनगढीमा गरिने शक्ति प्रदर्शन सहितको विशाल सभालाई अध्यक्षद्धय दाहाल र नेपालले सम्बोधन गर्ने छन् ।

दाहाल(नेपाल समूहका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीले धनगढीमा हुने शक्ति प्रदर्शनमा ५० हजार कार्यकर्ता सहभागि हुने दाबी गरे । यसअघि हिजो दाहाल नेपाल समूहले विराटनगरमा शक्ति प्रदर्शन गरेको थियो । त्यसअघि बिहीबार बुटवलमा समेत हजारौैँ नेता कार्यकर्ता जम्मा पारेर दाहाल नेपाल समूहले विरोधसभा गरेको थियो ।

आज धनगढीमा प्रदर्शन सकेपछि दाहाल-नेपालको शक्ति प्रदर्शन कार्यक्रम काठमाडौँ केन्द्रित हुनेछ । माघ २८ गते एक लाख भन्दा धेरै कार्यकर्ता उतारेर काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध शक्ति प्रदर्शन गर्ने कार्यक्रम छ ।

उपत्यका बाहिरका मुख्य शहरमा शक्ति प्रदर्शन गरिरहेको दाहाल(नेपाल समूहले काठमाडौँको माइतीघर मण्डलामा पनि प्रतिनिधि सभा विघटन विरुद्ध धर्ना दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्