निर्वाचनमा गए प्रचण्ड-नेपालको बाँकी रहेको सिङ पनि भाँचिन्छ : प्रधानमन्त्री ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूह निर्वाचनमा जाउँ या नजाउँ भन्ने धर्मसंकटमा परेको बताएका छन् । काठमाडौं महानगर कमिटीद्वारा आज आयोजित एक भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेपाल समूहको सबै सिङ फुक्लिएको बताएका छन् ।

उनले भने, ‘चुनावमा नजाऔँ भने लोकतन्त्र भन्ने ठाउँ रहँदैन । जाऔँ भने सबै सिङ फुक्लिएको छ । बाँकी रहेको सिङ पनि निर्वाचनमा भाँचिन्छ ।’

जति टाढा भागे पनि डेढ वर्षपछि निर्वाचनमा उत्रनै पर्ने बताउँदै ओलीले भने, ‘उनीहरु निर्वाचनसँग तर्सिएका छन् । चुनावबाट भागेका छन् । अहिले भागेर के गर्ने ? डेढ वर्षपछि त जनताको बिचमा जानैपर्ला ।’

सोही कार्यक्रममा ओलीले आफ्नो समूहले माघ २३ गते देश र जनताका पक्षमा पहिलो चरणको शक्ति प्रदर्शन गर्ने जानकारी दिँदै सो प्रदर्शनमा सहभागी हुन महिला, युवा, शिक्षक, पत्रकारलगायतलाई आग्रह समेत गरेका छन् ।