थप १५७ जनामा कोरोना संक्रमण, ३३३ डिस्चार्ज, ५ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ लाख ७० हजार ७४५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनएको छ ।

यस्तै, सोही अवधिमा थप ३३३ जना डिस्चार्ज भएका छन् । यससँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

आज थप ५ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म २० लाख ६४ हजार ८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

त्यस्तै, आज भेटिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८२ जना रहेका छन् । हालसम्म काठमाडौंमा १ लाख १ हजार ३२६, भक्तपुरमा ९ हजार २१५ र ललितपुरमा १६ हजार ११ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै उपत्यकामा संक्रमितको संख्या १ लाख २६ हजार ५५२ पुगेको मन्त्रालयले जनाएको छ ।