आज नेकपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलका लागि बोलाएको हो ।

आयोगका अनुसार निर्वाचनसम्बन्धी छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५र५ जनालाई बोलाएको छ ।आयोगले पठाएको पत्रमा नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने भनिएको छैन । तर अहिले नेकपा विवादको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुने आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्