- प्रेम रावत
हामी सबै कतै न कतै ‘डर’ शब्ददेखि डराउँछौँ । केही महिनापहिला हामी भोलि के हुने होला भनेर निकै भयभित हुन्थ्यौँ । जागिरको कुरा हुन्छ, पैसा कमाउनुपर्छ । एउटा घर छ भने अर्को किन्नु छ । बजारमा एउटा नयाँ गाडी आएको छ भने त्यो पनि लिनु छ । विवाह हुन्छ, बच्चाबच्ची हुन्छन् अनि हामी वृद्ध भएपछि त्यो अवस्थामा छोराछोरीले हाम्रो हेरविचार गर्लान् वा नगर्लान् ! त्यो एउटा फरक प्रकृतिको भय थियो ।
फेरि कोभिड–१९ आयो । यो पनि एउटा फरक प्रकृतिको भय हो । एउटा नयाँ प्रकृतिको भय उत्पन्न भएको छ । यो कस्तो प्रकृतिको रोग हो भन्ने कुरा पनि प्रस्ट भएको होइन ! भ्याक्सिन आएका कुरा पनि छन् । यसले कसरी सुरक्षित तुल्याऊला ! थाहा छैन, कति मानिस बच्न सक्लान् ! जागिर गएको छ । कतिपय मानिसले आधा तलबमा काम गर्नुपरिरहेको छ ।
यो जुन श्वास आइरहेको छ, यसमा सृष्टिकर्ताले श्वासरूपी कोक्रोलाई हल्लाइरहेका छन् । यो हो मस्ती ! यो हो साँचो मस्ती ! यसमा मस्त हुनुहोस् । यस्तो आनन्द तपाईँले अन्त कतै पाउनुहुन्न । कस्तो आनन्द ! दुःखमा, सुखमा, तपाईँ जहाँ जानुहुन्छ, यसबाट तपाईँ अलग्गिन सक्नुहुन्न । जुन दिन तपाईँ यसबाट वञ्चित हुनुहुनेछ, त्यस दिन सबै गयो ।
व्यापार पनि ठप्पै भयो । धनीभन्दा धनी मानिसहरू छन् र जो मजदुर, किसान छन्– उनीहरूले निकै अप्ठ्यारालाई सामना गर्नुपरिरहेको छ । यसकारण यो पनि एउटा फरक भयलाई व्यहोरिरहेका छौँ । अब डरको स्वरूप पनि फेरिएको छ । पहिला एउटा फरक तरिकाको भय थियो, अहिले एउटा छुट्टै प्रकृतिको डर बढेको छ ।
आफ्नो जीवनमा, अब यो भयबाट कसरी उन्मुक्ति पाउने ? यसबाट उम्कनका लागि के गर्नुपर्ला ? सबैभन्दा ठूलो कुरा के हो भने, भयबाट होइन, जुन भित्रको शक्ति छ त्यसको सहायताले । आफ्नो स्पष्ट बुझाइका आधारबाट हामीले यो कुरालाई समाधान निकाल्न सक्छौँ । यदि त्यो शक्तिद्वारा जुन वास्तवमा मानिसमा भएको शक्तिका आधारमा हामीले सामना ग¥यौँ भने जित पनि हाम्रै हुनेछ ।
डरको जुनसुकै रूप भए पनि डर त आखिर डरै हो । वास्तवमा अगाडि के हुनेवाला छ भन्ने कुरा त हामीलाई थाहा हुँदैन । भोलि ठीक होला या जे–जति पनि हामीसँग छ, जुन चीजका लागि हामीले मिहिनेत गरेका हौँ– यो सबै समाप्त हुनेछ । मलाई सबैभन्दा ठूलो भय नै यस कुरामा छ ।
यदि कोही अस्पताल गयो भने उसलाई आफू ठीक छु कि छैन भनेर पीर हुन्छ । म बाँच्छु या बाँच्न सक्दिन ! कुरा के हो भने, यदि हामीले वास्तविकतालाई नै हेर्ने हो भने केही यस्ता कुराहरु छन् जसललाई हामीले बुझेका छौँ र त्यो चीज नै समाप्त हुनेछ ।
एकातिर मानिसलाई भोलि के हुन्छ भन्ने भय छ भने अर्कोतिर उसलाई आफूले ‘एकदिन यो संसारबाट जानुपर्नेछ’ भन्ने पनि थाहा छ तर यस कुरामा चाहिँ उसलाई डरै छैन । भोलि के हुन्छ भनेर उसलाई भय छ । म उत्तीर्ण हुनेछु या हुँदिन भन्ने कुरामा उसलाई भय छ । चाहे मेरा छोराछोरीले मेरो हेरचाह गरून् या नगरून् तर एकदिन मेरो यो शरीर रहनेछैन । जे–जति पनि मेरो छ त्यो सब मेरो रहँदैन । अहिले म त्यसलाई मेरो भन्ने ठान्छु तर एकदिन ‘त्यो मेरो’ भन्न नपाउने दिन पनि आउने नै छ ।
यी सबै कुरा हुने नै हुन् तर यस कुरामा हामीलाई भय हुँदैन । जुन डर आज छ, त्यो हामीले बनाएको डर हो । जुन प्रकृतिद्वारा निर्मित डर छ, त्यसलाई हामीले स्वीकार गरिरहेका छैनौँ । जुन वास्तविक हो, त्यसलाई हामीले स्वीकार गरिरहेका छैनौँ ।
उदाहरणका लागि एकजना व्यक्ति छन्, जो पैदल हिँडिरहेका छन् । उनको हातमा झोला छ तर उनी सन्तुष्ट छन्, खुशी छन् । अर्का एकजना मानिस छन्, उनीचाहिँ मर्सिडिज गाडीमा गइरहेका छन् ।
उनीसँग सबै कुरा छ तर के उनी सन्तुष्ट छन् या छैनन् ! यदि उनी खुशी छैनन् भने त जोसँग केही हुँदैन तिनै मानिस उनीभन्दा धनवान् हुन् । तथापि, संसारका लागि होइन । संसारका लागि त जोसँग सबै कुरा छ उनी नै धनी हुन् । हाम्रो खुशी त त्यही नै भइदियो जुन कुरा समाजद्वारा निर्देशित छ– ‘जबसम्म यी कुरा तिमीसँग प्राप्त हुँदैनन् तबसम्म तिमी खुशी हुनै सक्दैनौ ।’ वास्तवमा हामीले बोध गर्नुपर्ने कुरा के हो भने प्रकृतिले कुन कुरालाई खुशी मान्छ !
एउटा चरा उड्छ । चरासँग के हुन्छ ? केही पनि हुँदैन तर ऊ उडिरहन्छ । गाउँछ, ऊ खुशी हुन्छ । ऊ सन्तुष्ट हुन्छ । हरिणलाई हेर्नुहोस्, जब पानी पर्छ नि ऊ खुशी भएर उफ्रिन थाल्छ । ऊ उफ्रिन्छ, नाच्छ । ऊसँग खुशी छ । ठूलाभन्दा ठूला मानिस जोसँग अरबौँ–खरबौँको धन हुन्छ तर उनीहरू खुशी हुँदैनन् । उनीहरू सन्तुष्ट हुँदैनन् । उनीहरुको अनुहारमा खुशीपन हुँदैन । यो कुरा त डरको बारेमा हो । डर त यस्तो चीज भइदियो जसलाई समाज र हामीले मिलेर आफ्ना लागि बनाएका छौँ ।
एउटा डर वास्तविकताको डर हो । त्यसबाट डराएर केही फाइदा हुँदैन, किनभने त्यो त हुने नै छ । यदि तपाईँले त्यसलाई स्वीकार गर्नुभएन भने पनि त्यो त हुने नै छ अनि स्वीकार गर्नुभयो भने पनि हुनेछ । हामीभित्र भएको डरलाई समाजले हाम्रा लागि बनाइदिएको छ । हामीले आपूmभित्र आइरहेको यो श्वासलाई मैले बुझ्न सकिन भनेर यस कुरामा डराउन सिकेका छैनौँ । यो रित्तो भएर खेर गएको छ अनि यो कहिल्यै पनि फर्केर आउँदैन । वास्तवमा सबैभन्दा मूल कुरा त जहिलेसम्म तपाईँ जीवित रहनुहुन्छ तबसम्मका लागि तपाईँको जीवनमा वास्तविक आनन्द हुनुपर्छ । त्यहाँसम्म तपाईँ हरेक दिन पुग्न सक्नुहोस्, किनभने यी सबै अवस्थाहरू बदलिरहनेछन् ।
तीनवटा कुरा छन्– एउटा त त्यो जुन ‘थियो, छ र रहनेछ’ । त्यसको कहिल्यै पनि विनाश हुँदैन । जुन पूर्ण हुन्छ, जुन सम्पूर्ण हुन्छ, जुन सधैँ थियो, आज छ अनि रहनेछ । उनी सबै स्थानमा छन् । उनी नभएको कुनै पनि ठाउँ नै छैन । उनी तपाईँभित्र पनि छन् । यो संसारमा जति पनि मानिसहरू छन्, एउटा समयमा यिनीहरू यहाँ थिएनन् । अहिले छन् अनि एउटा समय त्यस्तो आउनेछ जुन समयमा उनीहरू रहने छैनन् । किनभने, हामी सबैले एक न एक दिन यहाँबाट जानुपर्नेछ ।
अनि, त्यतिखेर हामीले हाम्रो साथमा केही पनि लैजान सक्दैनौँ । यदि कुनै लैजान सक्ने वस्तु छ भने त्यो पनि एउटै मात्र चीज छ र त्यो हो– शान्ति । त्यसलाई प्राप्त गर्नका लागि तपाईँले आपूmले आपूmलाई चिन्नु आवश्यक छ । आपूmभित्र रहेका ती परमशक्ति, त्यो शान्तिलाई अनुभव गर्नु आवश्यक छ । तिनलाई चिनेपछि तपाईँले वास्तवमा आपूmभित्रको डरमाथि विजय हासिल गर्न सक्नुुहुनेछ ।
तपाईँलाई म सबैभन्दा ठूलो खुशीको खबर सुनाउँछु । भर्खरै तपाईँभित्र श्वास आयो, योभन्दा ठूलो खुशीको खबर छैन । यो श्वास आयो— जसै आयो, तपाईँ जीवित हुनुहुन्छ । यो जानेछ र फेरि आउनेछ । के तपाईँले यसलाई बुझ्नुभयो ? यो के हो ? के बसेको छ यसमा ?
यो श्वासभित्र कुनै प्रश्न छैन, केही द्विविधा छैन । यसमा वास्तविक शान्ति रहेको छ । यो जुन श्वास आइरहेको छ, यसमा सृष्टिकर्ताले श्वासरूपी कोक्रोलाई हल्लाइरहेका छन् । यो हो मस्ती ! यो हो साँचो मस्ती ! यसमा मस्त हुनुहोस् । यस्तो आनन्द तपाईँले अन्त कतै पाउनुहुन्न । कस्तो आनन्द ! दुःखमा, सुखमा, तपाईँ जहाँ जानुहुन्छ, यसबाट तपाईँ अलग्गिन सक्नुहुन्न ।
जुन दिन तपाईँ यसबाट वञ्चित हुनुहुनेछ, त्यस दिन सबै गयो । सबै गयो । विचार गर्नुहोस् त, यो हो भगवान्को कृपा । र, यो कृपा तपाईँमाथि भयो, भर्खरै भयो । के तपाईँलाई थाहा छ, यो कहिलेदेखि चलिरहेको छ ? हरेकचोटि यो श्वास चल्दा सृष्टिकर्ताले तपाईँलाई आशीर्वाद दिन्छन् । आफ्नो कृपा तपाईँमाथि गर्छन् ! यसलाई बुझ्नुहोस् । यदि तपाईँ बुझ्नुहुन्न भने म बुझाउन सक्छु ।
म के भन्न चाहँदिन भने, यदि तपाईँले शान्तिको अनुभूति गर्नु छ भने तपाईँले संन्यास लिनुपर्छ, यदि तपाईँलाई यो चीज चाहिन्छ भने तपार्इँले आफ्नो परिवार छोड्नुपर्छ । अहँ, होइन । जस्तो तपाईँ हुनुहुन्छ, त्यस्तै रहनुहोस् । फुल्नुहोस्, फल्नुहोस् र अभैm प्रगति गर्नुहोस् । म त के भन्न चाहन्छुु भने, जे तपाईँ गर्न सक्नुहुन्छ त्यो गर्नुहोस् तर भित्र पनि फुल्नुहोस्, फल्नुहोस् ।
तपाईँ आफ्नो जिन्दगीमा के चाहनुहुन्छ, त्यो तपाईँमाथि निर्भर छ । तपाईँलाई उनले शक्ति दिएका छन् ।
तपाईँ जे चाहनुहुन्छ, गर्न सक्नुहुन्छ । तपाईँ एउटा काम गर्न सक्नुहुन्छ– तपाईँ आफ्नो जीवनमा शान्तिको स्थापना पनि गर्न सक्नुहुन्छ । मान्छे नास्तिकबाट आस्तिक बन्न सक्छ । भगवान्मा विश्वास गर्न सक्छ । भगवान्मा विश्वास गर्ने मानिस नास्तिक पनि बन्न सक्छ । भगवान्मा विश्वास नगर्ने मानिस भगवान्मा विश्वास गर्ने व्यक्ति बन्न सक्छ ।
यी सबैथोक सम्भव छन् । यदि यो सबैथोक सम्भव छ भने तपाईँभित्र अवस्थित जुन शान्ति छ, त्यसलाई अनुभव गर्न पनि सम्भव छ । त्यसलाई बुझ्नुहोस् ! सोच्नुहोस्, विचार गर्नुहोस् ! यो तपाईँको जीवन हो । त्यसमा त्यो शान्तिको अनुभव गर्नका लागि जे–जे गर्न आवश्यक छ, त्यो गर्नुहोस् ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)
प्रतिक्रिया