कारभित्रै विद्यार्थीसंग यौनसम्पर्क राख्ने शिक्षिकालाई दुई वर्ष जेल सजाय


वासिंगटन, ( एजेन्सी ) । 

अमेरिकाको ओहाइयोका माध्यमिक बिद्यालयका एक पुर्व शिक्षिकालाई दुई जना बिद्यार्थीसंग यौन सम्पर्क राखेको अभियोगमा दुई वर्ष लामो कारवास संजाय तोकिएको छ । लाउरा डन्कर नामक ति शिक्षिकाले आफ्नै बिद्याथीहरुसंग थुप्रै पटक आफ्नै घरमा र पार्कमा आफ्नै कार भित्र यौन सम्पर्क राखेको बताइएको छ । फोक्स ८ का अनुसार गत अक्टोवरमा अदालतले उनलाई दुईवटा यौन अभियोगमा दोषि ठहराएको थियो ।

विहिवार सुनाइएको संजाय अनुसार उनलाई प्रत्येक अभियोगमा दुई वर्ष कैद तोकिएको छ । तर उनर्ला दुई वटै संजाय एकैपटक भुक्तानी गर्ने मौका दिइएको हो । कारागार मुक्त भइसकेपछि पनि उनलाई पाँच वर्ष सम्म परिक्षणकालमा राखिने छ । तेश्रो दर्जाको यौन अपराधि ठहर गरिएका डन्करले जीवनभरि प्रत्येक ९० दिनमा प्रहरी कार्यालयमा उपस्थित भइरहनुपर्ने भएको छ ।

हाल ३१ वर्षिया डन्कर कुनै समय ओहाइयोको बेन्डफोर्ड स्थित बेडफोर्ड हाइस्कुलमा शिक्षिका थिइन् । ति यौन घटनाहरु सन् २०१८ को १ नोभेम्वर देखि सन् २०१९ को १९ अक्टोवरबिच घटेका थिए । उनी आफु विरुद्ध अनुसन्धान भइरहेको थाहा पाएपछि प्रमाण नष्ट गर्न खोजेको अभियोगमा पनि दोषि ठहर भएकी हुन् ।