चीनमा रहेका डब्ल्युएचओ टोलि क्वारेन्टाइन मुक्त


बेइजिंग, (एजेन्सी) ।

कोरोना भाइरस शुरु भएको चीनको हुवेइ प्रान्तको उहान शहरमा अनुसन्धान गर्न पुगेको विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) को टोलि विहिवार क्वारेन्टाइनबाट बाहिर आएको छ । अब यस टोलिले स्थलगत अनुसन्धान शुरु गर्ने भएको छ ।

बैज्ञानिकहरुले अनुसन्धान प्रतिष्ठान, अस्पताल र कोरोना शुरु भएको प्रारम्भिक घटनासंग सम्बन्धित सामुदायीक खाना बेचिने बजारका मानिसहरुसंग सोधपुछ गर्ने भएका छन् । तिनीहरुको अनुसन्धान चिनिया अधिकारीहरुबाट प्राप्त प्रमाणहरुमाथि निर्भर रहेने बताइएको छ ।

डब्ल्युएचओ र बेइजिंग बिचको महिनौं लामो वार्तापछि बल्ल यो अनुसन्धान कार्य शुरु हुन गइरहेको हो । गत १४ जनवरीमा उहान आइपुगेको १३ जना विशेषज्ञहरुको टोलिलाई दुई साता सम्म क्वारेन्टाइनमा राखिएको हो । आइसोलेसनमा रहँदा पनि सो टोलि भिडियो कल मार्फत निरन्तर रुपमा आपसमा र चिनिया बैज्ञानिकहरुको सम्पर्कमा रहेका थिए ।

विहिवार अपरान्ह आफु बसेको होटेलबाट निस्केका तिनीहरु पत्रकारहरुसंग नबोलीकन बसमा बसेर आफ्नो गन्तव्य तर्फ प्रस्थान गरेको चिनिया आधिारिक संचार निकाय सिन्ह्वाले जनाएको छ । तर चिनिया संचार माध्यमले भने हालै कोरोना भाइरस चीन बाहिर स्पेन , इटाली वा अमेरिकाबाट शुरु भएको हुनुपर्ने तथा चिस्याइएका खाद्यान्न आयत मार्फत भाइरस चीन छिरेको हुनुपर्ने जनाएको छ ।