पोल्यान्डमा गर्भपतन प्रतिबन्धविरुद्ध विशाल प्रदर्शन


वार्सा, (एजेन्सी) ।

पोल्यान्डमा निकै विवादास्पद गर्भपतन माथिको झण्डै पूर्ण प्रतिबन्ध लागु गरिएको सरकारले घोषणा गरेको छ । यो कानुन बुधवार मध्यराति देखि लागु भएको छ । गत अक्टोवरमा अदालतले यस कानुनलाई लागु गर्ने सहमति सहित निर्णय गर्दा मुलुकभरि त्यसको विरोधमा विशाल प्रदर्शन भएको थियो ।

अबदेखि वलात्कार वा अनैतिक सम्बन्धको कारण रहन पुगेको गर्भ पतनका लागि मात्र कानुनी छुट हुने भएको छ । यसगरी गर्भवतवती महिलाको ज्यानै खतरामा पर्ने स्थितीमा पनि गर्भ पतन गर्न दिइने भएको छ । अधिकाशं पोलिस जनता गभपतन माथिको कडा वन्देजको विरोधी रहेका छन् । बुधवार साँझ पनि यस प्रतिवन्ध विरुद्ध विशाल प्रदर्शनको आयोजना भएको थियो । अभियन्ताहरुले विहिवार र शुक्रवार राजधानी वार्सा केन्दि«त विशाल सडक प्रर्दशनको आब्हान गरेका छन् ।

गत अक्टोवरमा पोल्यान्डको संवैधानिक अदालतले १९९३ को विभिन्न अवस्थामा गर्भपतन गर्न पाउने कानुन असंवैधानिक भएको ठहर गरेको थियो । गर्भाशयमा शिशुको स्वास्थ तथा बसाई अवस्था ठीक नभएमा गर्भपतन गर्न पाइने प्रावधान सो कानुनमा उल्लेखित थियो । सन् २०१९ ९८ प्रतिशत गर्भपतन सोही आधारमा गरिएको थियो । यसबाट पनि अदालतको सो निर्णयले पनि अधिकांश गर्भपतन कार्य रोकेको प्रमाणित हुन्छ । अदालतको सो निर्णयका कारण नै गर्भपतन अधिकारका हिमायतीहरु आक्रोसित भएका हुन् ।

तर पोल्यान्डको शक्तिशाली क्याथोलिक चर्चसंग आवद्ध कन्जरभेटिभ सरकारले भने खुलेरै अदालती निर्णयको स्वागत र समर्थन गरेको छ ।

अदालतले भने जन्मि नसकेका शिशु पनि मानव नै भएकाले उनको प्राण रक्षा गर्नु जीवन बाँच्ने सुनिश्चित गर्ने पोल्यान्डको संविधान अनुरुप रहेको दावी गरेको छ । प्रदर्शनकारीहरुले समलिंगी तथा तेश्रोलिंगीहरुको झण्डा फहराउँदै बच्चा जन्माउने निर्णयलाई स्वतन्त्र छाडिनु पर्ने र यस विर्षयलाई लिएर आतंक फैलाउन नहुने नारा लगाएका थिए । गर्भपतन विश्वका अधिकांश मुलुकमा विवादको विषय बन्ने गरेको छ ।