ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा थप


काठमाडौं, (नेस)

ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन (ग्याङ्गसिङ पोखरा) मा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४५ पुगेको छ । बैंकले पाल्पा जिल्ला रम्भा गाउँपालिका– ४, हुमिन (ग्याङ्गसिङ पोखरा)मा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन सोही वडाका वडा अध्यक्ष भोजबहादुर बिकले गर्नुभयो ।

उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधि विष्णुबहादुर बोम्रेललाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्नेलगायतका सेवा लिन सक्नेछन् ।

बैंकले ७३ वटा जिल्लामा २६४ शाखा, २४० एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २४५ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।