निर्वाचनको तयारीमा आयोग

0
Shares

गुल्मी, (नेस)

निर्वाचन आयोग गुल्मीले जिल्लाका राजनीतिक दल, नागरिक समाज, पत्रकारहरुलाई मतदाता नामावलीसम्बन्धी सैद्धान्तिक तथा कानुनी जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार एक कार्यक्रम गरी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २०७८ साल वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलहरुले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी जानकारी दिनुभएको हो ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका निमित्त प्रमुख श्यामकुमार पाण्डेले निर्वाचन निष्पक्षरूपमा अनुशासित ढंगले सम्पन्न गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । निर्वाचन आयोग नेपालले मतदाता नामावली अधावधिक दाबी–विरोधसमेत कार्यक्रम–२०७७ अन्तर्गत मतदाता नामावलीमा नाम हटाउने त्रुटि सच्चाउने दाबी–विरोध र दोहोरो नामावली हटाउनका लागि काम शुरु हुने भएको छ ।

मुलुकभर ७ सय ५३ तहमा नै २०७७ माघ १५ देखि माघ २१ गतेसम्म स्थानीय तहको पालिका रहेको स्थानमा सहायक नाम दर्ता अधिकारिको व्यवस्था मिलाएको छ । २०७७ पुस ५ सम्म १८ वर्ष पूरा भई मतदाता नामावलीमा समावेश भएका मतदाताहरुको नाम हटाउने त्रुटि सच्चाउने दाबी–विरोध गर्न सकिनेछ ।

स्थानीय तहमा स्थानीय समन्वय तथा प्रचारप्रसार समिति गठन गरी कार्यक्रमलाई प्रभावकारीरूपमा आम मतदातासम्म पुग्ने गरी कार्य अगाडि बढ्नेछ । आउँदो माघ १५ देखि २१ गतेसम्म यससम्बन्धी कार्य गरिने भएकाले यसलाई सफल गराउन सबैमा अनुरोध गरिएको छ ।