माया लाउँ कि सुमीलाई

0
Shares

एस स्टडी वल्र्डको प्रस्तुतिमा निर्माण भएको नाजिर हुसेन र सुमी मानन्धर अभिनित माया लाउँ कि बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाल आइडल सिजन–२ बाट चर्चामा आएका विक्रम बराल र मेलिना राईको स्वर रहेको गीतमा नाजिर र सुमी मानन्धरको जोडीलाई प्रस्तुत गरिएको छ।

प्रदीप चापागाईंको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीत उदयराज पौडेलले एरेन्ज गरेका हुन्। रकपप शैलीमा गीत गाएर चर्चामा आएका विक्रम बरालले यो गीत फरक शैलीमा गाएका छन्।

दीपकप्रसाद आचार्य ‘काकु’ले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा नाजिर र सुमीको जोडीलाई रमाइलो ढंगको साथै सरप्राइज तरिकाले प्रस्तुत गरिएको छ। पवन सुस्लिङले खिचेको भिडियो पवन स्वयंले सम्पादन तथा भीएफएक्स गरेका छन्। गीतको म्युजिक भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ। गीतको भिडियो रचनाकार प्रदीप चापागाईंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।