निकीले कपीराइटका कारण ट्रेसीलाई साढे ४ लाख तिर्दै

0
Shares

अमेरिकी -यापर निकी मिनाज कपीराइटसम्बन्धी एक विवादमा फसेकी छिन् । यस विवादलाई समाप्त पार्नका लागि उनले अर्की गायिका ट्रेसी च्यापम्यानलाई साढे ४ लाख अमेरीकी डलर भुक्तान गर्नुपर्ने भएको छ । च्यापम्यानले सन् १९८८ मा आएको आफ्नो हिट गीत ‘बेबी क्यान आई होल्ड यु टुनाइट’ को केही भाग निकीले आफ्नो ‘सरी’ बोलको गीतमा समावेश गरेको आरोप लगाउँदै सन् २०१८ मा निकीविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

बीबीसीको अनलाइन सेवामा प्रकाशित समाचारअनुसार आधिकारिक रूपमा रिलिज नभएको निकीको उक्त गीत लिक भएपछि एकाएक भाइरल भएको थियो । च्यापम्यानले निकीलाई गीत सार्वजनिक गरेको आरोप लगाएको समाचार अँए पनि पछि उनीहरू दुवैले यो कुरा अस्वीकार गरेका थिए ।

पछि निकीले च्यापम्यानसँग उनको गीतको केही भाग प्रयोग गर्नेबारे अनुमति मागे पनि च्यापम्यानले भने अस्वीकार गरेको समाचारमा जनाइएको छ । हालै क्यालिफोर्नियास्थित सेन्ट्रल डिस्ट्रिक कोर्टद्वारा जारी दस्तावेजअनुसार उनीहरूबीचको विवाद सुल्झाउनका लागि निकीले च्यापम्यानलाई हालसम्मको कानुनी खर्च भुक्तान गर्नुपर्ने भएको समाचारमा जनाइएको छ ।