चीनको साङडोङ प्रान्तमा भएको सुनखानी विष्फोटमा हराएका मजदूरको उद्दार


एजेन्सी ।

उत्तरी चीनको साङडोङ प्रान्तमा भएको सुनखानी विष्फोटमा हराएका मजदूरको उद्दार कार्य जारी छ ।

खानीको सुरुङ पुरिँदा २२ जना मजदूर भित्र थुनिएका थिए । थुनिएमध्ये सात जनाको १४ दिनपछि उद्दार गरिएको छ । अन्य मजदुरहरुको पनि उद्दार कार्य भइरहेको अधिकारीहरुले बताएका छन् ।

घटना भएको एक सातापछि मात्र सुरुङमा थुनिएका ११ मजदुरहरुसँग उद्दारकर्ताहरुको सम्पर्क भएको थियो । उनीहरु जमिनभन्दा ५८० मिटरको गहिराइमा थुनिएका थिए । उनीहरुमध्ये एकजनाको टाउकोमा लागेका कारण मृत्यु भएको थियो