पत्थरको मुटु ल्याए विजयले

0
Shares

सत्य कथामा आधारित विजय पुनको पत्थरको मुटु बोलको गीत म्युजिक भिडियोसहित युट्युबमा सार्वजनिक भएको छ। गायक प्रताप दासको स्वर रहेको गीतमा विजय पुनको शब्द तथा ऋषि खड्काको संगीत रहेको छ।

गीतमा विशाल निरौलाले एरेन्ज गरेका छन्। भिडियोमा दुई युवायुवतीबीचको प्रेमकथा प्रस्तुत गरिएको छ। प्रेम, धोका, पीडा, त्याग, विछोड मिश्रित कथा भिडियोमा छ। भिडियोमा टिकटकस्टार विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ।

भिडियोलाई बुद्ध थापा छायांकन गरेका हुन्। कथा र निर्देशन विक्रम चौहानको रहेको भिडियोको सम्पादनको मिलन विश्वकर्माले गरेका छन्।

गीतकार विजय पुनले आफ्नै जीवनसँग सम्बन्धित विषयवस्तुलाई गीतमार्फत पस्किएको बताए । गीत लेखनमा पुनको यो पहिलो कदम हो। टिकटकमार्फत भाइरल भएका विजयले कला क्षेत्रमा प्रवेश गर्ने ढोकाका रूपमा यस गीतलाई लिएका छन्। उनले यसअघि तिम्रो नामको सिन्दुर गीतको भिडियोमा अभिनय गरेका थिए।