लोकगायक बानियाँ रहेनन्

0
Shares

मृगौलाले काम गर्न छोडेपछि उपचार गराइरहेका लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन भएको छ। गायक बानियाँको मृगौलाले काम गर्न छाडेपछि चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको थियो।

उनको उपचारकै क्रममा बुधबार बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ। गायक बानिया“को लडाइँको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्ठुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापीकाललगायतका सयौं गीत चलेका छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य एवं झरना संगीतका सञ्चालकसमेत रहेका बानियाँ लामो समयदेखि गीत–संगीतको क्षेत्रमा सक्रिय थिए। बानियाँको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।