ज्ञानको धरान शहरमा शिवाजको कभर भर्सन

0
Shares

गत महिना रिलिज गरिएको गायक ज्ञान सुब्बाको धरान शहर बोलको गीतमाथि गायक शिव लामिछाने ‘शिवाज’ ले कभर भर्सन रेकर्ड गरेर कभर भिडियोसमेत तयार गरी रिलिज गरेका छन्। आप्mनो ठाउ“को बारेमा उत्कृस्ट शब्द, संगीत र स्वरको तालमेल रहेको गीत धरान शहर सुनेपछि एकपल्ट आफूलाई पनि गाउने रहर जागेकाले गायक ज्ञान सुब्बासँग अनुमिति लिएर कभर भर्सनमा रेकर्ड गरिएको गायक लामिछानेले बताए।

‘धरान पहिलेदेखि नै थुप्रै सांगीतिक प्रतिभाले जन्म लिएको ठाउँ हो र त्यस्तै प्रतिभामा ज्ञान सुब्बा पनि पर्नुहुन्छ। उहाँको स्वरको पहिलेदेखि नै असल स्रोता र फ्यान हुँ म। त्यहीमाथि उहाँले हाम्रै धरानबारे यस्तो राम्रो गीत गाउनुभएपछि मलाई एकदमै गाउन मन लागेर अनुमति लिएर गाएको हुँ । ’ –शिवले भने।

गायक ज्ञान सुब्बा पनि गायक शिव लामिछानेको स्वर र प्रतिभाको तारिफ गर्दै भन्छन्– ‘शिव भाइ एकदमै प्रतिभाशाली छन्। उनले मभन्दा राम्रो गाएको छ र उनी जस्तो गायकले मेरो गीत मन पराएर कभर गरिदिएकोमा एकदमै खुसी छु।’ ज्ञान सुब्बाको स्वर रहेको धरान शहरमा जीवन भट्टराईको संगीत र हर्क चुम्मेको शब्द रचना रहेको छ।