झापामा लागु औषधसहित चार पक्राउ

0
Shares

न्युज अफ नेपाल, भद्रपुर ।

झापामा लागु औषधसहित चार जना पक्राउ परेका छन् । मेचीनगरबाट सोमबार ९० सिसी लागु औषधसहित दमक नगरपालिका–५ का १५ वर्षीय रमेश राजवंशी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी मेचीनगर नगरपालिका–६ को गैरीगाउँबाट पक्राउ परेको जिल्लाका डिएसपी राकेश थापाले जनाउँनुभयो । राजवंशीले आफूले लगाएको ज्याकेटमा लुपिजेसिक ३० सिसी, डाईजोपाम ३० सिसी र प्रोमोथाईजिन ३० सिसी बोकेको उहाँको भनाइ छ ।

त्यस्तै दमक नगरपालिका–१ बुद्धटोलका ३२ वर्षीय देवेन्द्र राई, गौरादह नगरपालिका–३ का २७ वर्षीय लक्ष्मण दास र १९ वर्षीय राम साह रहेको थापाले बताउँनुभयो । उनीहरूको साथबाट २५ ग्राम २ सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ । प्रहरीले उनीहरूको साथबाट मे ७ प ९०८१ नम्बरको मोटरसाइकल, नगद ४ हजार र एउटा मोबाइल बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी झापा प्रहरीले लागु औषध मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरी जेल चलान पनि गरेको छ । जेल चलान हुनेमा गौरीगञ्ज गाउँपालिका–६ का ३९ वर्षीय जयनारायण राजवंशी छन् । झापा जिल्ला अदालतले २०६४ मङ्सिर ३ गते राजवंशीलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।