‘मातृभूमिका लागि नेपाली’ संगठनको प्रवास कमिटी अष्ट्रियामा गठन, संयोजकमा सुवेदी

0
Shares

न्युज अफ नेपाल, स्पेन ।

.मातृभूमिका लागि नेपाली संगठनको प्रवास कमिटी अष्ट्रियामा गठन भएको छ । आइतबार अनलाइन प्रबिधि जुममा आयोजना गरिएको कार्यक्रमले सागर सुवेदीलाई संयोजक चयन गरेको छ । यस्तै सह-संयोजकमा मृगेन्द्र बराल, सचिबमा सुदिप पौडेल,कोषादक्षमा बाशुदेब बस्नेत साथै सदस्यहरुमा श्री प्रसाद श्रेष्ठ, प्रतिक्ष्या सुबेदी(खड्गी), मदन महर्जन, ज्ञानु बर्तौला, मन्जु बिश्वर्कर्मा, राजन कार्की र माया श्रेष्ठ चयन भएका छन् ।

विदेश बिभाग प्रमुख दिपक गजुरेलबाट नवगठित कार्यसमितिका सदस्यहरु लाइ सपथ खुवाइएको थियो भने कार्यक्रमलाइ नबगठित संगठनका संयोजक सुबेदीले संचालन गरेका थिए।

उक्त संगठन बिगत वर्षदेखि नेपालमा आफ्ना अभियान संचालन गर्दै आइरहेको छ। नेपालका करिब ३० भन्दा बढी जिल्ला तथा नगर तथा गाउँपालिक सम्म गठनको प्रक्रियामा रहेको संगठनले आइतबार युरोपेली मुलुक अष्ट्रीयामा सुबेदीको नेतृत्वमा आफ्नो उपस्थिति जनाएको छ।