संगीतमा आयो ओए प्यारी



गीतकार अनिश घिमिरेको नयाँ गीत ओए प्यारीको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक निशान भट्टराई र गायिका एलिना चौहानले स्वर भरेका छन्। गायिका एलिना चौहानकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा युवा संगीतकार अनिल विरहीले संगीत दिएका छन्। गीतमा केबी भण्डारीको एरेन्ज रहेको छ।

रुमाल चिनो छ, सुन्दर नेपाल, चादानी, इलाम बजार, हास्न खोजेजस्ता गीतमा संगीत भरेका अनिलको यो पछिल्लो सार्वजनिक भएको गीत हो। गीतमा एक प्रेमजोडीको प्रेमिलभाव व्यक्त गरिएको छ। पियारीलाई घरमा बस्न र आफू जन्ती लिएर आउने कुरा गीतमार्फत प्रेमिकालाई भनिएको छ।

गीतको म्युजिक भिडियोमा टीका जैसी र अज्ञात सायरले अभिनय गरेका छन्। विक्रम चौहानको निर्देशनमा बनेको म्युजिक भिडियो प्रकाश खड्काले खिचेका हुन्।

प्रतिक्रिया दिनुहोस्