मनको ताराले सार्वजनिक



गायक लवकुमार भट्टको पछिल्लो लोकपप गीत सार्वजनिक भएको छ। गीतकार सुमन बैरागी र गायक तथा संगीतकार लवकुमार भट्टको सहकार्यमा निर्माण भएको लोकपप गीत मनको ताराले सार्वजनिक गरिएको हो। डिपलभ क्रियसनबाट सार्वजनिक गीतको शब्द सुमन बैरागीले लेखेका हुन् भने संगीत तथा स्वर लवकुमार भट्टको रहेको छ।

महेशविक्रम पाण्डेको संगीत संयोजन रहेको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। गीतको भिडियोको निर्देशन गायक लवकुमार भट्टले गरेका छन्।

गीतको भिडियोमा किबोर्डमा हीरा खनाल, मादलमा मोहन गोर्खाली, तबलामा राजु परियार र गिटारमा महेशविक्रम पाण्डे छन्। भिडियोको निर्देशन गायक लवकुमार भट्टले नै गरेका छन्।

डेढ दशकभन्दा लामो समय गायन क्षेत्रमा क्रियाशील लवकुमार पछिल्लो समय भने एकपछि अर्को गीत बजारमा ल्याउनमा व्यस्त छन्। उनका दुई दर्जनभन्दा बढी गीत बजारमा आइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्