रामजीको आफ्नै माया



गायक रामजी खाँडको स्वरमा आफ्नैै माया बोलको गीत सार्वजनिक गरिएको छ। गीतको गीतमाथि रोचक म्युजिक भिडियो पनि निर्माण गरिएको छ। विजयदीप गिरीद्वारा निर्देशित म्युजिक भिडियोमा नरेन खड्का र सीमा ढकालको अभिनय रहेको छ।

यस म्युजिक भिडियोमा गीतमा देवेन्द्र कुँवरको कोरियोग्राफी, प्रकाश खड्काको छायांकन र विकास ज्ञवालीको सम्पादन रहेको छ। भिडियोमा आफूलाई मन परेकी केटीलाई नरेनले पछ्याएका छन्। गीत यसका म्युजिक भिडियो निर्देशक विजयदीप गिरीले नै रचेका हुन् भने सरोज प्याकुरेलको संगीत रहेको छ।

मनोहर सुनामको एरेन्ज रहेको गीत भोला पौडेलले मिक्सिङ गरेका छन्। गायक खाँडले गीत पिकनिक तथा पार्टीका लागि नृत्य गर्न सुहाउने गीत भएको जनाएका छन्। गीतको म्युजिक भिडियो जर्सिङपौवामा छायांकन भएकाले हिमालका सुन्दर दृश्य पनि हेर्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्