थप २४० जनामा कोरोना संक्रमण, ४७७ डिस्चार्ज, ६ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप ४ सय ७७ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ। त्यस्तै, सोही अवधिमा थप ६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १ हजार ९ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म २० लाख ८ हजार ९ सय ४४ जनाको पीसीआर परिक्षण गरिएको छ ।