अदालतमा विचाराधिन मुद्दा सडकबाट फैसला हुँदैन : भण्डारी

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गेत गरेको संसद बिघटन संविधान बिपरित रहेको भन्दै उहाँले सर्वोच्च अदालतमा रहेको बिचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने समेत प्रष्ट पार्नु भयो ।

‘संविधानमा रहेका अस्पष्टताबारे व्याख्या गर्ने सर्वोच्च अदालतले हो, सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई सबैले स्वीकार्नुपर्छ ।’उहांको कथन रहेको छ ।

आफ्नै असक्षमताले जनताका पक्षमा कुनैपनि काम गर्न नसकेपछि सरकारले जनतासामु आत्मसमर्पण गरेको उहांको निष्कर्ष रहेको छ ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै उहांले भन्नु—‘हामीले बनाएको संविधानमा अन्तिम फैसला गर्ने अधिकार सर्बोच्च अदालतको रहनेछ भनिएको छ,त्यसैले अदालतले संसद पुर्नस्थापना गरेमा वा निर्वाचन गर भनेमा जे भनेपनि सबै दलले मान्नु पर्छ ।उहांले सर्बोच्चमा विचाराधिन विषयमा पूर्व प्रधानन्याधिसहरुले बोल्नु गलत भएको बताउनु ।

विधिको शासन र व्यवस्थाप्रति विस्वास गर्नेहरुले नै संसद विघटनका बारेमा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको विषयमा बोल्नु हुदैन थियो ।’ उहांले भन्नु भयो ।

वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकिरहेको अवस्थामा केपी ओलीले संसद विघटन गर्नु सकारात्मक भएको समेत उहांले बताउनु भयो ।

‘अब हुने निर्वाचनबाट नेपाली जनताले यस्ता काम गर्न नसक्ने असक्षम दल र नेतालाइ बिदाइ गर्नेछन् ,त्यसैले यो अवसर पनि हो ।’ उहांको कथन थियो ।

करिव दुई तिहाई बहुमत सहितको नेकपाको सरकार असफल भएकाले अब जनताले नयां आफै मूल्यांकन गरेर फैसला गर्ने बेला आएको खुलासा गर्नु भयो ।

कोरोनाका बेला पनि नेकपाभित्र जनजीविकाका सवाल भन्दापनि बढी कुर्सी र पदकै लागि झगडा भइरह्यो,यो सरकारले कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक उहांले भन्नु भयो ।’

कांग्रेसका प्रभावशाली नेता भण्डारीले नेपाली कांग्रेसको महाधिबेशन भदौभित्र गरिसक्नुपर्ने भन्दै सक्रिय सदस्यताको विवाद माघसम्म टुंगिने बताउनु भयो ।

देश र संविधान धरापमा भएकाले कांग्रेसले मात्रै यसको समाधान गर्ने र देशलाइ बचाउने उहाँको दाबि थियो।

फरक प्रसंगमा भण्डारीले आफुले अखण्ड लुम्बिनीको पक्षमा बोल्दा आफुलाई सबैतिरबाट खेदिएको र निर्वाचनमा हराउन गुल्मीमा निर्बाचन क्षेत्र नै काटेर यताउता समेत गरिएको स्मरण गराउनु भयोे ।

साक्षात्कारल कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।