सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीप्रति कृतज्ञता

0
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध आज ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र लाग्नुभएका पार्टीका प्रदेशसभा र क्षेत्रीय कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यसँगै शुभचिन्तकमा बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले प्रदर्शनमा सामाजिक सञ्जालमार्फत सक्रिय भूमिका निर्वाह गर्ने युवा पङ्क्ति र निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पु¥याउने सञ्चारकर्मीप्रति पनि धन्यवाद ज्ञापन गर्नुभएको छ ।