आज थप ५५४ जना कोरोना संक्रमित भेटिए, ५८५ डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप ५५४ जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै संक्रमितका कूल संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप ५८५ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ । संक्रमण्का कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या एक हजार ९०९ पुगेको छ ।