स्याफ्रुबेशी-रसुवागढी सडकको स्तरोन्नती हुँदै

0
Shares

सरस्वती न्यौपाने (रसुवा) ।

नेपालको गेम चेञ्जर आयोजनाको रुपमा परिभाषित गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेशी-रसुवागढी सडकको स्तरोनती गर्ने कार्य दोस्रो चौमासिकमा लक्ष्यको सय प्रतिशत सफलता हासिल गर्दै अगाडि बढेको छ ।

नेपालको चिनसँग जोडिएको सडक मध्ये रसुवागढी सडक अहिले सम्मको छोटो दुरी को सडक हो ।सडक स्तरोन्नती को काम ७० प्रतिशत सकिएको छ ।गल्छीदेखि रसुवागढी सम्मको सडकलाई तिन भागमा वर्गीकरण गरेर काम अघि बढिरहेको योजनाको गल्छी देखि मैलुङ सडक खण्डको निर्माण कार्य ६० प्रतिशत सकिएको छ ।

स्तरोन्नतीको लागी विजुलीको पोल सार्ने काम र सडक क्षेत्रमा पर्ने अस्थायी तथा स्थायी संरचना हटाउने प्रकृया अघि बढिरहेको जानकारी आयोजना कार्यालय ले दिइएको छ । राष्ट्रिय गौरवको आयोजनामा सुचिकृत भई प्राथमिकता प्राप्त आयोजनाको स्तरोन्नतीको विषयमा राष्ट्रिय योजना आयोगले आन्तरिक मुल्याङ्कन गरेको छ ।

२०७२ बैशाख एक गतेदेखि निर्माण कार्य शुरु भएको सडकको गत जेठ ६ गते ट्र¥याक खोल्ने कार्य सम्पन्न भएको थियो ।अहिले यो सडक खण्डमा सवारी साधन सञ्चालन भइरहेको छन् ।गल्छी देखि रसुवागढी सम्मको ८२ किलोमिटर को सडकमा रहेको एकदमै दु्रत गतिमा चलिरहेको कामलाई निरन्तरता दिदै तोकिएकै समयमा आयोजना लम्किरहेको योजना प्रमुख नारायण दत्त भण्डारी ले जानकारी दिनुभयो ।

पछिल्लो चौमासिक रुपमा लिइएको लक्ष्य एक सय प्रतिशत सफलता हासिल गर्दै निर्माण अगाडि बढि सडकको स्तरोन्नती को काम ७० प्रतिशत सकिएको छ ।गल्छी देखि रसुवागढी सम्मको सडकलाई तीन भागमा वर्गिकरण गरेर काम अघि बढाइरहेको मा गल्छी देखि मैलुङ सम्म को ६० प्रतिशत काम सकिएको हो स्तरोन्नतीको लागी बिजुलीको पोल सार्ने काम र सडक क्षेत्रमा पर्ने अस्थायी तथा स्थायी संरचना हटाउने प्रक्रिया अघि बढाइएको छ ।

आयोजनाका अनुसार पिपलटार देखि बेत्रावती सम्मको सडक खण्डमा काम भएको छैन ।अदालतमा मुद्धा परेपछि यो खण्डको काम तीन महिना देखि रोकिएको छ ।

बेत्रावती देखि नयाँ पुलसम्म सडक चौडा गर्ने बाल लगाउने नाला र कल्र्भट बनाउने काम चलिरहेको छ । आयोजना प्रमुख नारायण दत्त भण्डारी बताउनु हुन्छ सडक स्तरोन्नती को क्रममा देखिएका स—साना विवाद लाई न्युनिकरण गर्दै अगाडि बढिरहेको छ ।सडक मार्गको दायराभित्र पर्ने सबै प्रभावित लाई आयोजना ले मुआवजा दिने र प्रक्रिया गत तहमा केहि ढिलाई भएको छ भने ८२ किलोमिटर क्षेत्र भित्र रहेका सबै प्रभावित नागरिकलाई एकै नजरमा हेरेको बताइएको छ ।

सडक स्तरोन्नती भएसँगै बेत्रावती-कालिकास्थान, धुन्चे-स्याफ्रु जोड्ने सडक भन्दा गल्छी-त्रिशुली-बेत्रावती-मैलुङ-स्याफ्रुबेशी-रसुवागढी सडक २५ कि.मि.दुरी छुटिन्छ ।