देशभर थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये २३० जना पुरुष र १८२ जना महिला रहेका छन् ।

यससँगै संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको छ ।  यस्तै, २४ घण्टाको अवधिमा थप ४ जनाको मृत्यु भएको छ भने ४८३ जना संक्रमणमुक्त भएका छन् । हाल ५ हजार ५८ जना आइसोलेसनमा छन् ।